Comments Add Comment

अंकितको ट्रेलरमा प्रशंसा, गीत सार्वजनिक हुँदा घाटा

हुनत, असोजको १० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रातो टिका निधारमा’को ट्रेलर युटुबमा रिलिज भएको छ । अशोक शर्माको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर हेरेपछि धेरैको ध्यान नयाँ अनुहार अंकित शर्मामाथि परेको छ ।

चलचित्रको पहिलो रोमान्टिक गीत सार्वजनिक भएसँगै अंकितलाई लिएर विभिन्न खालका टिकाटिप्पणी भएको थियो । उनले अभिनय गर्न नजानेको, रोमान्टिक भूमिकामा नखुलेको लगायतका टिप्पणी भएको थियो । तर, यसको ट्रेलर  हेरेपछि भने चलचित्रकर्मी र पत्रकारले उनको प्रशंसा गरेका छन् । गीत हेर्दा अंकितप्रति निराश भएका चलचित्रकर्मी र पत्रकार ट्रेलर हेरेपछि आशावादी देखिएका छन् ।

यसैले, निर्देशक अशोक शर्माको छोराकै लागि पहिलो रोमान्टिक गीत सार्वजनिक गर्ने सोच गलत देखिएको छ । जसलेगर्दा, सुरुमा गीत सार्वजनिक हुँदा अंकितलाई घाटा लागेको छ । तर, चलचित्रको ट्रेलर युटुबमा सार्वजनिक भएसँगै अंकितको प्रशंसा गर्ने बढ्ने विश्वास गर्न सकिन्छ ।

चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुंगाना, राजाराम पौडेल, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment