Comments Add Comment

१९ वर्षको भयो दुनियाँकै लोकप्रिय मोबाइल फोन नोकिया ३३१०

नोकिया कम्पनीको आइकनिक नोकिया ३३१० मोबाइल फोनले १९ वर्ष पूरा गरेको छ । सन् २००० को सेप्टेम्बर १ मा लञ्च भएको नोकिया ३३१० विश्वको मोबाइल फोनको इतिहासमा सर्वाधिक लोकप्रिय मध्येको एक फोन हो ।

सन् २००० मा यो फोन निलो रङ तथा हरियो स्क्रिनलाइट सहित बजारमा आएको थियो । यस फोनमा ‘स्नेक गेम’ थियो, जुन अत्यधिक लोकप्रिय बनेको थियो ।

त्यसपछि सन् २००३ मा नोकिया ११०० लञ्च भयो । उक्त मोबाइल फोनमा भित्रै टर्च लाइट राखिएको थियो । उक्त टर्चलाइट मोबाइल फोनलाई मानिसहरुले निकै मन पराए । जसका कारण उक्त फोन त्यसबेलाको सबैभन्दा लोकप्रिय उपभोग्य विद्युतिय उपकरण बन्न सफल भएको थियो ।

१९ वर्ष पूरा गरेको नोकिया ३३१० मोडेलको मोबाइल् फोन एउटा पूरै पुस्ताको बीचमा निकै लोकप्रिय बनेको थियो । यो मोबाइलले १९ वर्ष पार गरेको अवसरमा मानिसहरुले सोसल मिडियामा यो फोनलाई जन्मदिनको शुभकामना र बधाई दिएका छन् ।

स्मरणहोस् सन् २०१६ मा एचएमडी ग्लोबलले ३३१० मोडेलको मोबाइल पुनः लञ्च गरेको थियो ।

उक्त नयाँ संस्करणमा २.४ इन्चको क्यूभिजिए डिस्प्ले रहेको छ जसको रिजोलुसन ३२० गुणा २४० पिक्सेल्स रहेको छ । यसमा २५६ एमबीको र्याम र ५१२ एमबीको स्टोरेज रहेको छ जसलाई माइक्रो एसडी कार्डको सहयोगले ६४ जिबीसम्म बढाउन सकिन्छ । यो फोन थ्गलइक् एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment