Comments Add Comment

धेरै भिडियो गेम खेल्दा बुढी औँला यसरी भयो लामो

२० वर्षका ज्याकब पिना नामका युवकको एउटा हातको बुढी औंला असामान्य रुपमा लामो छ । अचम्म त के भने उनको बुढी औँला बच्चै देखि त्यस्तो लामो भने होइन । डेली मेल पत्रिकालाई दिएको अन्तरवार्तामा ज्याकबले बताए अनुसार एक्स बक्समा भिडियो गेम खेल्दा खेल्दा उनको बुढी औँला त्यस्तो लामो भएको हो ।

अमेरिकाको म्यासाच्यूसेट्स बस्ने ज्याकबलाई खेल्दा खेल्दै आफ्नो एउटा हातको बुढी औँला कसरी त्यति लामो भयो भन्ने कुराको हेक्का नै छैन । पछि मापन गर्दा पो उनको एउटा बुढी औँला साढे ४ इन्च लामो भएको थाहा भयो। हुनत एउटा बुढी औँला यसरी असामान्य रुपमा लामो हुँदा उनलाई अरु कुनै समस्या भएको छैन । तथापि चिसो महिनामा हातमा पन्जा लगाउन चाहीँ निकै असजिलो हुन्छ । तर लामो औँलाको केही फाइदा पनि छन् । लामो बुढी औँला भएकै कारण आफुलाई भिडियो गेम खेल्न सजिलो भएको र आफु थम्प वार गेममा कहिल्यै पराजित नभएको उनी बताउँछन् ।

पहिलोपटक टिकटकमा आफ्नो झण्डै पाँच इन्च लामो बुढीऔँला देखाएपछि उनी भाइरल बनेका थिए । आफ्नो टिकटक भिडियोमा आएका लाइक्सको संख्या हेर्दा उनी निकै हौसिएका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment