Comments Add Comment

नबिल बैंकले ल्यायो १० लााखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना

काठमाडौं ।  नबिल बैंकले आफ्ना व्यक्तिगत बचत खाता ग्राहकवर्गलाई रु दश लाखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ । यो योजना भाद्रा १५ गते देखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटि प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एन.एल.जी. बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तबीच सम्झौता भएको छ ।

यस योजना अन्तर्गत, दैनिक मौज्दात रु. ५ हजार वा सो भन्दा बढी राख्ने जुनसुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचत खातावालाहरुलाई रु. १० लाखको सामुहिक व्यक्तिगत दुर्धटना बीमा गरिएको छ । यस योजना अन्तर्गत बचत कर्ताको दुर्धटनाद्वारा मृत्यु भएमा अथवा स्थायी पूर्ण असक्तता भएमा एकमुस्ठ रु. १० लाख बीमा रकम प्रदान गरिनेछ ।

यस योजना अन्तर्गत आफ्नो नेपाली मुद्रा खातामा न्यूनतम ५ हजार मौजदात राख्ने सम्पूर्ण बचत खातावालाहरुको बीमास्वत रुपमा १५ भाद्र २०७६ मा भैसकेको छ । साथै यो योजनामा सामिल भैरहन बचतकर्ताले सधै रु. ५ हजार वा बढि मौज्दात कायम राख्नुपर्नेछ । त्यसैगरी रु. ५ हजार वा बढि मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाहरुले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनैपनि महिनाको पहिलो कार्य दिनबाट सधै उक्त मौजदात कायम राखी यस योजनामा सामिल हुन सक्नेछन् ।

नया“ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकहरुको हकमा, बैंकको कुनै पनि व्यक्तिगत बचत खाता खोली रु ५हजार वा बढिको मौज्दात खाता खोलेको महिनाको अन्त्यमा मात्रपनि कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सामिल हुन सकिनेछ ।

यस योजनामा सामिलहुन कुनै उमेरहद नभएतापनि नावालकको हकमा खाता संरक्षक यस योजनामा विमितहुन सक्नेछन् । बैंकले प्रदान गरिरहेको समानबीमा योजना ग्राहक स्वयंले खरिद गर्दा शुल्क व्यर्होर्न पर्ने हुन्छ तर आफ्ना व्यक्तिगत बचतकर्ताहरुको हितलाई मध्यनजर गरी यस योजनामा सामिल हुँदालाग्ने बीमा प्रिमियमको खर्च बैंक स्वयंले व्यहोर्ने छ ।

यस योजना सम्बन्धि सम्पूर्ण जानकारी बैंकको वेभसाइट www.nabilbank.com नजिकैको नबिल बैंकको कुनैपनि शाखा कार्यालय वा फोन नः 1660-01-62245 प्राप्तगर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment