Comments Add Comment

स्थानीय तहमा काम गर्न सरकारले माग्यो २ हजार कर्मचारी

१७ भदौ, काठमाडौं । सरकारले स्थानीय तहमा रहेर करारमा काम गर्न झण्डै २ हजार जना कर्मचारी माग गरेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढिकरण आयोजनाले ७ सय ५३ वटा स्थानीय तहमा राख्ने सेवा इकाइमा काम गर्न नायब सुब्बा र खरिदार सरहका १९ सय ८९ जना कर्मचारी माग गरेको हो ।

विभागले नायब सुब्बा सरहको एमआईएस अपरेटर ९ सय ९४ जना र खरिदार सरहको फिल्ड सहायक ९ सय ९५ जना माग गरेको छ । एमआईएस अपरेटरका लागि कुनै पनि विषयमा उच्च मावि तह उतीर्ण भएको र ६ महिना कम्युटर तालिम लिएको वा कम्युटर विषयमा उच्च माध्यमिक तह उतीर्ण गरेको हुनुपर्नेछ । फिल्ड सहायकका लागि एसएलसी उतीर्ण हुनुपर्नेछ ।

यो पदमा काम गर्नेहरुले करारमा एक पटकमा बढीमा एक वर्ष कम गर्नुपर्नेछ । काम सन्तोषजनक भएमा अवधि बढाइ सन् २०२१ को नोभेम्बरसम्म थप गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

दुबै पदमा अनलाइनमार्फत दरखास्त दिने व्यवस्था गरिएको छ । दरखास्त दिन कुनै शुल्क पनि लाग्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment