Comments Add Comment

कपिलवस्तुको बेथी नदीमा बेपत्ता भएका तीनै जना मृत फेला

१७ भदौ, बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिकास्थित बेथी नदीको बेलभरिया सन्तघाटमा सोमबारदेखि वेपत्ता भएका एक बालिकासहित तीनैजना मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा झण्डै २६ घण्टापछि तीनै जना मृत अवस्थामा फेला परेको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिप शम्शेर जवराले बताए ।

नदीमा नुहाउने क्रममा स्थानीय २५ वर्षीया तारामती कहाँर, १५ वर्षीया तारा कहाँर र ८ वर्षीया बालिका खुस्बु रैदास बेपत्ता भएका थिए ।

उनीहरुको शव शुद्धोधन गाउँपालिका–६ स्थित ननखोरीयमा मंगलबार दिउँसो भेटिएको उनले बताए । नदी गहिरो, धमिलो र हिलाम्य भएकाले शव फेला पार्न समय लागेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment