Comments Add Comment

चापाकल मात्रै दिएर पुग्दैन, गाड्ने पैसा पनि दिनुपर्छः दलित अगुवा

१७ भदौ, वीरगञ्ज । दलित समुदायसँग चापाकल गाड्ने रकम नहुने भन्दै स्थानीय सरकारलाई आर्थिक सहयोग गर्न दलित अगुवाहरुले सुझाव दिएका छन् ।

वीरगञ्जमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी दलित अगुवाहरुले सीमान्तकृत दलित समुदायमा बिहान बेलुका छाक टार्ने समस्या रहेकाले चापाकल गाड्ने पैसा पनि उपलब्ध गराउन सुझाव दिएका हुन् ।

नागरिक संवाद मञ्च वीरगञ्जका सदस्य धिरज पासवानले स्थानीय सरकारले चापाकल मात्रै दिएर नहुने भन्दै गाड्ने रकम पनि दिनुपर्ने बताए । महानगरपालिकाले चापाकल दिने तर गाड्ने रकम नदिँदा महानगरपालिकाकै विभिन्न दलित वस्तीमा पानीका लागि समस्या देखिएको उनले बताए ।

दलित महिला संघ पर्साकी अध्यक्ष निला रामले दलित समुदायलाई ज्यालामा समेत विभेद गर्ने गरेको बताइन् ।

नागरिक संवाद मञ्च वीरगञ्जका संयोजक ओम प्रकाश सर्राफले दलित समुदाय एक जुट भएर अधिकारका लागि लड्नुपर्नेमा जोड दिए ।

वीरगञ्ज महानगरपालिकाको उपप्रमुख शान्ति कार्कीले सार्वजनिक मञ्चमा मात्रै दलितको कुरा आएर नहुने बताइन् । उनले लिखित रुपमा समस्या महानगरपालिकाको बोर्डमा आउने वातावरण मिलाउन सुझाव दिइन् ।

वीरगञ्ज महानगरपालिका–१ की वडा सदस्य रितादेवी कलवारले दलित समुदायका लागि चापाकलको व्यवस्था गरिए पनि नलगेको बताइन् । वडा–१ को दलित बस्तीमा ६४ वटा रिङ र प्यान सिट वितरण गरेको भएपनि चर्पी नबनेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment