Comments Add Comment

ईपीएल टिम भैरहवाको मुख्य प्रशिक्षक बने पुबुदु

१७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दसानायके भैरहवा ग्लाडिएटर्स टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइज टिम भैरहवा ग्लाडिएटर्सले मुख्य प्रशिक्षकमा पुबुदुलाई नियुक्त गरेको हो । दशानायक सन् २०११ देखि २०१५ सम्म नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक थिए । त्यसपछि उनले अमेरिकी क्रिकेट टिम सम्हाले ।

अब भैरहवालाई प्रशिक्षण दिने छन् । नेपाल सँधै आफ्नो मनमा रहेको भन्दै उनले भनेका छन्, ‘भैरहवामा आवद्ध हुन पाउँदा म उत्साहित छु र नेपाल क्रिकेटलाई आफूले सकेको योगदान गर्न चाहन्छु ।’

ईपीएल फेबुअरी २९ देखि मार्च १४ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुनेछ । शरद भेषावकर कप्तान रहेको भैरहवा गत वर्षको उपविजेता टोली समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment