Comments Add Comment

५६ थान मोवाइलसहित चोरीको आरोपमा ३ जना पक्राउ

१७ भदौ, काठमाडौं । प्रहरीले ५६ थान मोवाइलसहित चोरीमा संलग्नको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिका ६ खरिपाटी बस्ने रामकुमार लामिछाने, काठमाडौं गैरीगाउँ बस्ने रञ्जितकुमार पण्डित र भारत घर भई बालकुमारी  बस्ने सत्य प्रकाशलाई पक्राउ गरेको हो ।

उनीहरुबाट बिल भरपाइ नभएका बिभिन्न कम्पनीका ५६ थान मोवाइल र ६२ हजार ७ सय ४४ रुपैयाँ नगद बरामद गरेको छ । मंगलबार सूर्यविनायक नगरपालिका पाण्डुबजारबाट प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । उनले बिल नभएका १० थान मोवाइल लिएका थिए ।

उनीसँगको सोधपुछको आधारमा प्रहरीले गैरीगाउँमा पण्डितको कोठामा  छापा मारेको थियो । त्यस क्रममा बिल नभएका ४२ थान मोवाइल र ५५ हजार रुपैयाँ भेटिएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिए ।

उनीहरुसँगकै सोधपुछको आधारमा प्रहरीले भारतीय नागरिक सत्यप्रकाशलाई पक्राउ गरेको हो । उनको कारबाट बिलविनाका ४ वटा मोवाइल, ब्याट्रि, डिस्प्ले र भारतीय रुपैयाँ ४ हजार ८ सय ४० रुपैयाँ बरामद गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment