Comments Add Comment

प्रहरीको हतियार लुटिएकै ठाउँमा प्रहरीमाथि आक्रमण, भगाइयो ‘मोटरसाइकल चोर’

१८ भदौ, जनकपुरधाम । धनुषाको सिमावर्ती गाउँ मुखियापट्टी मुसहर्नियाँमा चोर समात्न गएको प्रहरीको टोली र स्थानीयबीच झडप भएको छ । झडपको क्रममा प्रहरीले हवाई फायरसमेत गरेको छ ।

घटना मंगलबार साँझको हो । मुखियापट्टी मुसहर्नियाँ गाउँपालिका वडा नम्बर ५ मा चोरीको मोटरसाइकल खरीद बिक्री भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जनकपुरधामबाट सादा पोशाकका प्रहरी खटिए । उनीहरुले ‘मोटरसाइकल चोर’ भनिएका एक जना व्यक्तिलाई नियन्त्रणमा पनि लिए । तर, स्थानीयले प्रहरीलाई नै आक्रमण गरेर ती व्यक्तिलाई भगाइदिए ।

प्रहरीमाथि स्थानीयबासी जाइलागेपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको धनुषा प्रहरीले जनाएको छ ।

मुखियापट्टी मुसहर्नियाँ भारतसँग सीमा जोडिएको ठाउँ हो । त्यहाँ केही महिनाअघि प्रहरीको हतियारसमेत लुटिएको थियो ।

१८ वैशाखमा भारततर्फ मदिरा तस्कर गर्नेहरुको एक समूहले सोही ठाउँमा असई प्रमोद कुमार साहको पेस्तोल लुटेका थिए । लुटिएको पेस्तोल सोही दिन साँझ सिमावर्ती क्षेत्रको एक झाडीमा फेला परेको थियो ।

यो पनि पढ्नुहोस वीरगञ्जमा गोली हानेर एकजना पक्राउ, पेस्तोल र १७ राउन्ड गोली बरामद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment