Comments Add Comment

नेपाल लोक स्टारमा अब टप-टेनको प्रतिस्पर्धा

१८ भदौ, काठमाडौं । आईएमईको मुख्य प्रायोजनमा चाहना मीडियाद्वारा उत्पादित हाल रियालिटी शो ‘आईएमई नेपाल लोक स्टार’मा अब टप-टेनका लागि सांगितिक प्रतिस्पर्धा हुने भएको छ ।

यो रियालिटी शोमा कुल ३६ शृंखला निर्माण गरिनेछ । आफ्नै मौलिक संगीतलाई अन्र्तराष्ट्रिय ढँाचामा ढाली नेपाली ब्राण्डमा बनेको शोमा करिब १० करोड रुपैयाँ लागत रहेको छ ।

७ प्रदेशका मुख्य सहरहरु धनगढी, सुर्खेत, बुटवल, जनकपुर, इटहरी, पोखरा र काठमाडौंमा आयोजना गरिएकोे ओपन अडिशनमाहरेक सहरबाट ५० प्रतियोगी छनोट गरी कूल ३५० जना प्रतिस्पर्धीहरु छनोट भएका थिए । छनोट भएका ३५० प्रतिस्पर्धीमध्ये १०९ जनाले निर्णायक अडिशन प्रवेश गरे  , जसमा निर्णायकहरुले फेरी पनि एपिसोड ९ मा शीर्ष २५ प्रतिस्पर्धीहरु छनोट गरेका थिए ।

एपिसोड ११ मा शीर्ष २५ मध्ये २० जना भोटिङ राउन्डबाट छनोट भएका थिए । यस कार्यक्रमको एपिसोड १३ मा फेरि टप १६ छनोट भएका थिए , एपिसोड १५ मा २ जना बाहिरिएका थिए भने एपिसोड १७ मा थप २ प्रतिस्पर्धीहरु बाहिरिएका थिए । एपिसोड १८ सम्म कुल १२ प्रतिस्पर्धीहरुको यात्रा सफल रहृयो ।भोटिङ राउन्डबाट छनोट हुँदै एपिसोड २० मा टप ११ बाट प्रतिस्पर्धी भीम नेपाली बाहिरिएका छन् ।

टप-टेनमा बिनोद दनुवार (उदयपुर), चेतन गोतामे (स्याङजा), दीपेन्द्र राइ (भोजपुर), मुना अर्याल (चितवन), पबिन्द्र सुनार (बाजुरा), प्रभुराज पाण्डे (बाजुरा), रामकुमार नेपाली (रामेछाप), रविराज शाह (सर्लाही ), शनि विश्वकर्मा -रोल्पा) र सुशिल आचार्य (अर्घाखाँची) परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment