Comments Add Comment

घुस लिएको अभियोगमा अख्तियारद्वारा ७ जना विरुद्ध मुद्धा दायर

१८ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न बाहनामा सेवाग्राहीहरुसँग घुस लिएको अभियोगमा सामुदायिक विद्यालयका एक प्रधानाध्यापकसहित ७ जना विरुद्ध विशेष अदालतमा बुधबार मुद्धा दायर गरेको छ ।

नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-३ को श्री सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरीले शिक्षकको सरुवा तथा रमाना गर्दा ६५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीहरु विरुद्धा मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिंह बहादुर कुँवर र खरिदार नरराज पाण्डेले हराएको लालपुर्जाको प्रतिलिपि बनाउन जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएको पुष्टि भएकोले उनीहरु विरुद्ध मुद्धा दायर गरिएको उनले बताए ।

यस्तै अख्तियारले मालपोत कार्यालय मनमैजु काठमाडौंका कार्यालय सहयोगी कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी.ले बैंक तथा वित्तिय संस्थाहरूबाट ऋण दिने प्रयोजनको लागि जग्गा रोक्का राख्न आउने ब्यक्तिहरुसँग जग्गा रोक्का राख्ने वातावरण बनाइदिए वापत ३५ हजार रुपैयाँ घुस लिएको पुष्टी भएपछि उनीहरु विरुद्ध मुद्धा दायर गरेको छ ।

यस्तै अख्तियारले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख रघुपती चौधरीले अनुदानबापतको ६३ हजार ५ सय ७७ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्धा दायर गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment