Comments Add Comment

१३ औं सागको लागि पौडीको छनोट प्रतियोगिता हुने

१८ भदौ, काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडी खेलमा सहभागी हुने खेलाडीहरुको अन्तिम छनोट हुने भएको छ ।

नेपाल पौडी संघले यहि भदौ २४ र २५ गते नवौं एनएसए कप पौडी प्रतियोगिता आयोजना गर्दै यही प्रतियोगिताबाट १३औं सागको लागि खेलाडी छनोट हुने जानकारी गराएको छ ।

छनोटमा एक सय ५० पुरुष र एक सय महिला गरी करिब २ सय ५० खेलाडीको सहभागिता रहने छ । पुरुष/महिलामा समान १४–१४ गरी २८ स्पर्धामा प्रतिस्पर्धा हुने छ । यो प्रतियोगिताबाट सागको लागि १६ पुरुष र १२ महिला गरी २८ खेलाडी छनोट गरिने संघले जानकारी दिएको छ ।

प्रतियोगितामा पुरुष/महिलातर्फ ५०, १ सय, २ सय र ४ सय मिटर फ्रिस्टाइल, ५०, १ सय र २ सय मिटर ब्रेस्टस्ट्रोक, वटरफ्लाई र व्याकस्ट्रोक तथा २ सय मिटर इन्डिभिज्युल मिड्ले इभेन्टहरु सञ्चालन हुने छन् । खेलाडी छनोट फिना अंक आधारमा गरिने छ ।

छनोट बाहेक उमेरसमूहका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्ष मुनि उमेरसमूहको छुट्टै प्रतिस्पर्धासमेत हुनेछ ।

चीन सरकारको सहयोगमा मर्मत सम्भार पश्चात सातदोबाटोस्थित पौडी पोखरीमा यो प्रतियोगिता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment