Comments Add Comment

कस्तो छ शुक्रबारदेखि प्रदर्शन हुने सुशान्त र श्रद्धाको ‘छिछोरे’ ?

श्रद्धा कपुर र सुशान्त सिंह राजपुतको नयाँ फिल्म ‘छिछोरे’ यही शुक्रवार अर्थात भदौ २० गतेदेखि प्रदर्शन हुँदैछ । सार्वजनिक प्रदर्शन प्रारम्भ हुनुभन्दा केही दिनअघि अर्थात गत आइतबार यसको विशेष प्रदर्शन गरिएको थियो । त्यसक्रममा बलिउडका थुप्रै सेलिब्रेटीहरुले यो फिल्म हेरेका छन् । फिल्म हेरेपछि केहीले यो फिल्मलाई खुलेर प्रशंसा गरेका छन् । वरुण धवन तथा रिया चक्रवर्तीले सामाजिक सञ्जालमार्फत फिल्मको समीक्षा नै गरेका छन् ।

अभिनेता वरुण धवनले फिल्म हेरेपछि ट्वीट गर्दै लेखेका छन्, ‘हिजो राति मैले फिल्म ‘छिछोरे’ हेरें । कति उत्कृष्ट फिल्म बनाएको नितेश तिवारी, निकै उत्कृष्ट फिल्म र त्यससँगै निकै सुन्दर सन्देश पनि । यो फिल्म हेर्नका लागि तपाईंहरुले आफ्नो समूहसँगै आउनु पर्छ । यो फिल्ममा तीन जना व्यक्तिहरु छन्, जो मेरालागि निकै विशेष पनि छन् । सबै दर्शकले यो फिल्म हेर्नु पर्छ ।’

उक्त ट्वीटसँगै बरुणले ती तीनै व्यक्तिको तस्वीर पनि सार्वजनिक गरेका छन्, जसमा वरुण शर्मा, श्रद्धा कपुर तथा साजिद नाडियावाला छन् ।

अभिनेत्री रिया चक्रवर्तीले पनि फिल्मलाई शानदार भनेकी छिन् । रियाले फिल्मको प्रशंसा गर्दै ट्वीट गरेर यस्तो फिल्म लामो समयपछि हेर्न पाएको लेखेकी छिन् ।

कस्तो छ कथा ?

यो फिल्ममा साथीहरुको कलेज जीवनदेखि लिएर वृद्धावस्थासम्मको कथालाई चित्रण गरिएको छ । फिल्मको टे्रलरमा पनि कसरी बच्चाहरु अलग-अलग शहरहरुबाट आएर आफ्नो कलेज जीवन प्रारम्भ गरेका छन्, आपसमा लडाइँ-झगडा गर्छन्, प्रतिस्पर्धा गर्छन् र पुनः आ-आफ्नो जिन्दगीमा अगाडि बढ्छन् भन्ने देखाइएको छ । फिल्मको ट्रेलरले पनि प्रशंसा पाएको छ । फिल्मले दर्शकको मन जित्ने कुरामा निर्माताहरु ढुक्क देखिन्छन् ।

नितेश तिवारीद्वारा निर्देशित यो फिल्ममा सुशान्त र श्रद्धाका अतिरिक्त वरुण शर्मा, ताहिर राज भासिन, प्रतिक बब्बर आदि कलाकारले पनि अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment