Comments Add Comment

२४ भदौबाट कांग्रेसको दोस्रो चरणको जागरण अभियान

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानको दोस्रो चरण भदौ २४ बाट सुरु हुने भएको छ ।

वीपी कोइरालाको १०६ औं जन्म जयन्तिका दिनको अवसर पारेर अभियान सुरु गर्न लागिएको कांग्रेसले जनाएको छ । प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा वृक्षारोपण गरेर अभियानको उद्घाटन गरिनेछ ।

जागरण अभियानको अन्तिम दिन ७ असोजमा जिल्लास्तरीय विरोध प्रदर्शन हुनेछ । प्रदर्शनलाई बढ्दो महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या अलोकतान्त्रिक विधेयकविरुद्ध केन्दि्रत गरिनेछ प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment