Comments Add Comment

बच्चालाई जन्म दिएर संसार त्यागिन् यी महिलाले

किन हुन्छ ब्रेन डेड ?

एक बच्चासँग आमाको नाता कति गहिरो हुन्छ भनेर भनिरहनु पर्दैन । बच्चाको सुख र खुसीको लागि आमाले जस्तोसुकै त्याग गर्न सक्छन् । बच्चाको सुखमा नै आमाले परम आनन्द अनुभूत गर्छन् । जबकी बच्चाले चाहेमा आफ्ना आमालाई छाड्न सक्छन् ।

यद्यपि आमाले बच्चालाई कहिल्यै छाड्न सक्दैनन् । चेक गणराज्य बर्नोमा भएको एक घटना निकै कारुणिक एवं मर्मस्पर्शी छ । । एक २७ बषिर्य महिलाले ब्रेन डेड भएर पनि आफ्नो कोखमा ४ महिनासम्म आफ्नो बच्चालाई पालिन् । बच्चालाई जन्म दिएको तीन दिनपछि उनको निधन भयो ।

ब्रेन स्ट्रोकले भएको थियो ब्रेन डेड

करिब ४ महिनाअघि ब्रेन स्ट्रोकले पीडित एक २७ बषिर्य महिला बर्नो युनिभर्सिटी अस्पतालमा भर्ना भएकी थिइन् । स्ट्रोकपछि महिलाको बे्रन डेड भएको थियो । ब्रेन डेड भएपनि उनको गर्भमा १५ हप्ताको भ्रुण थियो । उनको गर्भमा हुर्कदै गरेको भ्रुणलाई बचाउनका लागि चिकित्सकहरुले धेरै प्रयास गरे ।

महिलालाई चार महिनासम्म आर्टिफिशियल लाइफ सर्पोट सिस्टममा राखियो । यस क्रममा भ्रुणको विकासका लागि चिकित्सकले महिलाको खुट्टा चलाइरहे ताकि भ्रुणको विकासमा कुनै किसिमको समस्या नहोस् । साथै बच्चाको विकास कसरी भइरहेको छ भन्ने कुरा पनि थाहा पाउन सकियोस् । केही समयपछि शल्यक्रियाबाट महिलाले सावा दुई किलाको एक स्वस्थ्य बच्चालाई जन्म दिइन् ।

बच्चालाई जन्म दिइसकेपछि परिवारको अनुमतिबाट महिलाको लाइफ सपोर्ट सिस्टम हटाइयो । त्यसको तीन दिनपछि महिलाको मृत्यु भयो । यो पहिलो रेकर्ड हो कि जहाँ एक ब्रेन डेड महिलाले स्वस्थ्य बच्चालाई जन्म दिए ।

के हो ब्रेन डेड ?

ब्रेन डेड एक यस्तो हालत हो कि जसमा व्यक्तिको दिमाग पूर्ण रुपले मृत्त हुन्छ । जबकी शरीरका बाँकी अंगले भने राम्ररी नै काम गरिरहेको हुन्छ । यस्तो अवस्थामा कुनैपनि व्यक्ति पुनः पूर्णत ठिक हुने अपेक्षा गर्न सकिदैन । यदि उनलाई आर्टिफिशियल लाइफ सपोर्टमा राखिएन भने केही घण्टामै उनको मृत्यु हुन्छ । ब्रेन डेडको हालतमा व्यक्तिको फोक्सो, मुटु र अन्य शरीरको भाग दान गर्न सकिन्छ ।

किन हुन्छ ब्रेन डेड ?

दिमागमा कुनै किसिमको गंभीर चोट, दुर्घटना, बन्दुकको गोली वा घाउ भएमा । टाउकोमा कुनै बस्तुले चोट लागेमा । ब्रेन स्ट्रोक भएमा । मस्तिष्कमा रगत वा अक्सिजनको कमी भएमा । मस्तिष्कमा ट्युमर भएमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment