Comments Add Comment

रासिद खान बने विश्वकै कान्छो टेष्ट कप्तान

१९ भदौ, काठमाडौं । अफगानिस्तानका युवा स्टार खेलाडी रासिद खान विश्वकै सबैभन्दा कान्छो टेष्ट क्रिकेटको कप्तान बनेका छन् ।

बंगलादेशविरुद्ध बिहीबारदेखि सुरु भएको टेष्ट क्रिकेट खेलको कप्तानी रासिदले गरिरहेका छन् । उनी टेष्ट क्रिकेटको मात्र नभई सबै फर्म्‍याटको कप्तान हुन् । रासिद २० वर्ष ३५० दिनको उमेरमा कप्तान टेष्ट क्रिकेटको कप्तान बनेका हुन् ।

इंग्ल्यान्डमा भएको विश्वकप क्रिकेटमा खराब प्रदर्शन गरेको कारण गुल्बादिन नाइबलाई हटाउँदै अफगानिस्तानले नयाँ कप्तानको रुपमा युवा खेलाडी रासिद खानलाई गत असारमा कप्तानीको जिम्मेवारी सुम्पिएको थियो ।

टेष्ट क्रिकेटमा सबै भन्दा कम उमेरको कप्तानको रेकर्ड यसअघि जिम्बाब्वेका टटेन्डा तइजुको नाममा थियो । उनी २० वर्ष ३५८ दिनको हुँदा कप्तानको जिम्मेवारी पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment