Comments Add Comment

कमिक कन नेपाल आयोजना हुँदै

१९ भदौ, काठमाडौं । तेस्रो वार्षिक कमिक कन नेपाल  कार्यक्रम हुने भएको छ । २ दिने समारोह यही भदौ २७ र २८ गते हेरिटेज गार्डेन सानेपामा हुनेछ ।

यो जीरोस्टारद्वारा प्रस्तुत, होण्डाद्वारा पावर्ड र ड्रिम स्टार इम्पेक्स, ओहाना, सुप्रिम एनिमे मार्ट र फ्यानटेक नेपालद्वारा सहयोग प्रदत्त कार्यक्रम हो  । ट्रिब्युट टु स्टान ली शिर्षकका साथ भि–चित्र एडभरटाइजिंगको व्यवस्थापन, ओटाकु क्लबद्वारा गरिने कसप्ले निगरानी र वास्ड एरिनाले गर्ने गेमिङ्गको प्राविधिक खण्डको व्यवस्थापनमा आयोजना हुने भएको छ । यसको प्रारम्भिक अभियान तिनीहरुको फेसबुक र इन्स्टाग्राममा हाल चलिरहेको छ, ।

कमिक कन नेपाल एक त्यस्तो कार्यक्रम हो जहाँ असंख्य कमिक-माँगा, आर्ट, एनिमेसन र गेमिङ्गका फ्यानहरु एक आपसमा भेट गर्ने गर्दछन् र उनीहरुको आफ्नो रुचीलाई आर्ट र कसप्लेमार्फत् उजागर गर्दै आफ्नो चाहनाका बारेमा छलफल गर्छन्, जहाँ सहभागीहरुले आफ्नै पोशाक निर्माण गर्दछन् र आफूलाई मनपर्ने चरित्र जस्तै पोशक पहिरिएर प्रस्तुत हुन्छन् । यो कार्यक्रममा हरेक पटक ६,००० भन्दा बढी आगन्तुकहरुले सहभागीता जनाउने गरेका छन् ।

कमिक कन नेपालका अनुसार कमिक कन र कस्प्ले सबै सर्जक र उसको सिर्जनाको बारेमा हो यसैले यो वर्ष हामी महान सर्जक स्टान ली प्रति हाम्रो आभार व्यक्त गर्दछौं र उनीहरुको मुख्य लक्ष्य भनेको मानिसहरुलाई आफ्नो सपना कहिल्यै नत्याग्न तथा त्यो सपनालाई मूर्त रुप दिन प्रेरित गर्नु हो ।

स्टान ली प्रतिको यो गहिरो समर्पणसँगै कमिक कन नेपालले यही भदौ १८ गते एक घोषणा गरेको छ । यस वर्षबाट कमिक कनले शुरु गर्न लागेको छ सिर्जना गर्नुहोस् तपाईंको आफ्नै सुपर हिरो अभियान ,जहाँ कलाकारले उनीहरुको आफ्नै सुपरु हिरो बनाउने अवसर प्राप्त गर्नेछन् ।

जीरो स्टरका सीइओ अनुज प्रधानले भने, “यस कार्यक्रमको मुख्य उद्देश्य भनेको नेपालमा पप संस्कृतिलाई बढावा दिलाउनु हो । यो एनिमे र डिसि-मार्बल सुपरहिरो सिनेमाहरुका फ्यानका लागि एकआपसमा मिस्सिने मञ्च हो ।”

यसैगरी कमिक कन नेपालका प्रोप्राइटर अभिनव श्रेष्ठले  भने, “यसप्रकारको कार्यक्रमहरुले एउटा संस्कार बसाउन मद्दत पुर्याएको छ, जसले प्रशँसकहरुलाई उनीहरुको सिर्जनशीलता प्रष्फुटन गर्न र आफूलाई कलात्मक तवरमा प्रस्तुत गर्न अवसर प्रदान गरेको छ ।”

प्रतियोगिताको पुरस्कार राशी पनि वृद्धि भएको जानकारी गराइएको छ, जस अनुसार ४ विधाका स्पर्धाहरु.(कसप्ले, गेमिङ्ग, आर्ट र एएमभि) का लागि अन्य थुप्रै पुरस्कारहरुसँगैं ४ लाख ५० हजार नगद प्रदान गरिने भएको छ । यस वर्ष कसप्लेलाई ट्रिब्युट टु स्टान ली स्पर्धामा विशेष सम्मान दिएसँगसँगै गेमिङ्ग खण्डमा टेकेनका साथसाथै डोटा २ र सिएसलाई पनि समावेश गरिएको छ ।

कसप्ले र गेमिङ्ग मात्र होइन कार्यक्रममा लोकप्रिय अभया एण्ड दि स्टिम इन्जिन्स र पहेंलो बत्ति मुनिले पनि आफ्ना लोकप्रिय गीत संगीतको प्रस्तुति दिनेछन् भनें साथमा एनिमे र स्टान ली शिर्षक सम्बद्ध नृत्य र संगीतका प्रस्तुतिहरु पनि रहनेछन् । कार्यक्रममा आमन्त्रित अतिथिहरु, फुड स्टलहरु, फ्रेन्चाइजका लागि स्टलहरु, मूर्तिहरु, पोस्टरहरु र टि–सर्टहरु पनि रहनेछन्। एक बृहत् संख्यामा दर्शकहरुलाई गेमिङ्ग स्टलहरुमा समेत देख्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment