Comments Add Comment

हृतिक र अक्षयले यसरी सम्झिए विद्यालय जीवन

विद्यालय जीवन सबैको लागि स्मरणिय र रोमाञ्चक हुन्छ । विद्यालयमा छँदा हामीले गरेका अनेक हर्कत पछि सम्झदा रमाइलो लाग्छ । अभिनेता हृतिक रोशनले बाल्यकालका त्यस्तै क्षण स्मरण गरेका छन् ।

पढाईमा कमजोर थिए

ऋतिक रोशनले बताएका छन् कि उनी पढाईमा एकदम कमजोर थिए । कुनैपनि कुरा सहजै स्मरण गर्ने क्षमता उनीसँग थिएन ।

फेवरेट टिचर

हृतिक रोशनले बताएका छन् कि उनलाई मनपर्ने शिक्षक को थिए भनेर । हृतिकका अनुसार उनका फेवरेट शिक्षक डा. ओझा थिए । किनभने उनले हृतिकलाई राम्ररी बुझेका थिए । हृतिकको क्षमता र कमजोरीलाई उनले नै बुझ्न सक्थे ।

फेवरेट सब्जेट

हृतिक रोशनका अनुसार उनलाई मनपर्ने विषय थियो, विज्ञान । त्यसो त अहिले पनि उनलाई मनपर्ने विषय भनेको विज्ञान नै हो । अहिले विज्ञान पढ्न रुचाउँछन् ।

अक्षयकुमारको कुरा

अभिनेता अक्षयकुमारको पनि कुरा गरौं । उनलाई विद्यालय जीवनमा कुन विषय मन पर्थ्यो ?

अक्षयकुमारका अनुसार उनलाई गणित विषय खुब मन पर्थ्यो । बाल्यकालदेखि नै उनमा विज्ञानप्रति भने रुची भएन ।

चुम्बकको आविष्कार

अक्षयले आफ्नो बाल्यकाल सम्झदै भनेका छन् कि उनलाई उनका पिताले एक ट्रान्जिस्टर लिएर दिएका थिए । त्यसलाई उनले भत्काएर स्पिकर निकाले । अतः उक्त चुम्बक उनले फलामको आलमारीमा टाँसेर लुकाए । आफ्नो बुवाको अगाडि उनले ति चुम्बक आलमारीबाट निकालेर भने, बाबा मैले यो भेटें ।

अक्षयकुमारका अनुसार उनका पिताले ल्याएका ट्रान्जिस्टरको मूल्य त्यसबेला भारु १ सय ७५ रुपैयाँ परेको थियो । त्यसबेलाको हिसाबमा यो निकै महंगो जिनिस थियो । त्यही महंगो सामाग्री तोडफोड गरेका कारण अक्षयले पिताजीको गाली खाइरहनुपर्‍यो, पछिसम्म ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment