Comments Add Comment

गाई मृत्युबारे छानबिन टोली घटनास्थलमा   

१९ भदौ, दैलेख । सुर्खेतको कटुकामा भएको गाईहत्याबारे छानबिन गर्न गृह मन्त्रालयबाट खटिएको छानबिन टोलीले आफ्नो काम थालेको छ । उक्त टोलीले घटनास्थल शिरिस्थान पुगेर सोधपुछ गर्नाका साथै जिल्ला समन्वय समितिबाट त्यस घटनासँग सम्बन्धित कागजात पनि लिएको छ ।

भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर थापा र दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीसँग फोनमार्फत कुराकानी पनि गरिएको टोलीका संयोजक सागरमणि पाठकले जानकारी दिए । बुधबार साँझ दैलेख आएको टोलीले बिहीबार बिहान जिल्ला समन्वय समितिका संयोजक प्रेम थापालगायतसँग छलफल गरेको थियो ।

यसअघि नेपालगञ्जबाट पनि सात जनाको छानबिन टोली दैलेख आई विभिन्न निकायसँग सोधपुछ गरिसकेको थियो । जिल्ला समन्वय समितिले उन्नत गाई पठाइदिन पठाएको आधिकारिक पत्रबारे पनि अहिले भिन्न–भिन्न बहस हुन थालेको छ । उक्त समितिले किसानलाई निःशुल्क उन्नत गाई उपलब्ध गराउने निर्णयसहित भदौ ८ गते पत्र पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment