Comments Add Comment

रुपन्देहीमा भेटिए ४८ जना डेंगुका बिरामी

१९ भदौ, बुटवल । रुपन्देहीमा ४८ जनामा डेंगुको संक्रमण देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज र क्रिमसन अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेंगु भेटिएको हो ।

बिरामीको संख्या दैनिक बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्रकुमार गिरीले बताए । ‘अहिलेसम्म ४८ जनामा संक्रमण देखिएको छ । समयमै सचेत नभए भयावह हुन सक्छ,’ उनले भने ।

केही दिनयता भाइरल ज्वरोका बिरामी बढसँगै डेंगुका बिरामी पनि देखिएका हुन् । अस्पतालमा बिरामीको अत्यधिक चाप छ ।

रुपन्देहीमा ६ वर्षदेखि डेंगुका बिरामी भेटिदै आएका छन् । गतवर्ष ३८ जना मात्रै बिरामी भेटिएका थिए । अहिलेसम्म चारजनाको मृत्यु भैसकेको छ ।

जमेको सङ्लो पानीमा डेंगु फैलाउने लामखुट्टेले प्रजनन् प्रक्रिया गर्ने भएकाले वर्षा रोक्रिएसँगै रुपन्देहीमा पोजिटिभ बिरामी भेटिएका हुन् ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलका मेडिकल सुपरिटेन्डन डा. कृष्ण खनालले अस्पतालमा बिरामीको संख्या दैनिक बढिरहेको बताए ।

स्वास्थ्य कार्यालयले रोग फैलाउने लामखुट्टे मार्नका लागि अभियान थालेको छ । त्यसका लागि प्रहरीको सहयोग मागिएको प्रमुख गिरीले बताए ।

बुटवल क्षेत्रका बिरामीमा बढी संक्रमण देखिएको हो । डेंगु परीक्षण गर्ने किटको अभाव छ । स्वास्थ्य प्रमुख गिरीले केन्ऽबाट कम मात्रामा किट आएकाले बिरामीको चाप बढे उपचारमा कठिनाइ हुने बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज भैरहवा र क्रिमसन अस्पताल मणिग्राममा डेंगुको परीक्षण हुन्छ ।

तीन दिनको लगातार ज्वरो, प्लेटलेसको मात्रा एक लाखभन्दा कम र डब्लुबिसीको संख्या ४ हजारभन्दा कम भयो भने किट प्रयोग गरेर डेंगुको निक्र्यौल गरिन्छ ।
ज्वरो आइहालेमा कुनै औषधि नखाइ अस्पतालमा परीक्षणका लागि आउन चिकित्सकले अपील गरेका छन् ।

सावधानी अपनाए डेंगुको संक्रमण नहुने भन्दै घर वरिपरि सफा राख्न आग्रह गरेका छन् । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो हो । लामखुट्टेको लार्भा हुर्कने स्थान नष्ट गरे बच्न सकिने डा. गिरीले बताए ।

वर्षाको पानी जम्ने टीनका डब्बा, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टतिेलका खाली ड्रमहरू, फुलदानी, गमलामा यसले फुल पार्ने भएकाले त्यस्ता वस्तुमा पानी जम्न नदिन उनले आग्रह गरे । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने भएकाले शरीर ढाकिने कपडा लगाउन उनको सुझाव छ ।

पछिल्लो समय मुलुकका झन्डै ४२ जिल्लामा डेंगु संक्रमण फैलिइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment