Comments Add Comment

इँटाको पैसा नतिरेको भन्दै युवकको अपहरण ! प्रहरीद्धारा उद्धार

१९ भदौ, गोरखा । अपहरणमा परेका गोरखाको भीमसेन थापा गाउँपालिका–६ का २४ बर्षका जीवन खड्काको उद्धार गरिएको छ । इँटा कारोबार गरेको सात लाख रकम नदिएको भन्दै रौतहट गरुडाका व्यापारी राजीव पण्डित कुहारले उनलाई कब्जामा लिएका थिए ।

खड्कालाई वुधबार राति राजीवको घरनजिकैको गोठबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी तुलसी अर्यालले बताए । ‘वुधबार राति हामीलाई खबर आएलगत्तै हामी कुहारको घर पुग्यौं,’ उनले भने, ‘घर नजिकै गोठ जस्तोमा कोठाभित्र खड्कालाई राखेर बाहिरबाट चावी लगाई बन्धक बनाएका रहेछन् ।’

खड्कालाई उद्धार गरी कुहारलाइ पक्राउ गरिएको डीएसपी अर्यालले बताए । कुहारलाइ बिहीवार अपहरण र शरीर बन्धक शीर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । अपहरणमा परेका खड्कालाई परिवारको जिम्मा लगाउने तयारी भइरहेको उनको भनाइ छ ।

‘उहाँको दाइलाइ बोलाएका छौ, आएपछि हामी जिम्मा लगाउछौ,’ डिएसपी अर्यालले भने । खड्का र कुहारबीच इँटा कारोवार हुने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment