Comments Add Comment

सीएमसीबाट पीडित श्रमिकको बाँकी भुक्तानी सरकारले दिने

१९ भदौ, काठमाडौं । सरकारले काम छाडेर भागेको इटालियन ठेकेदार सीएमसीबाट पारिश्रमिक लिन बााकी कामदारलाई भुक्तानी दिन प्रक्रिया थालेको छ । स्थानीय श्रमिक मजदुरहरुले भुक्तानी नपाएसम्म काममा अवरोध गरिररहेका बेला खानेपानी मन्त्रालयले श्रमिकहरुको माग सम्बोधन गर्न प्रक्रिया अघि बढाएको हो ।

सिएमसीबाट बाँकी भुक्तानीको माग गरिरहेका स्थानीय श्रमिकहरुलाई राहत स्वरुप भुक्तानी दिन अर्थ मन्त्रालय सकारात्मक देखिएको खानेपानी मन्त्रालयले नाएको छ ।

सिएमसी कम्पनीबाट पीडित स्थानीय श्रमिकहरुलाई राहत स्वरुप पाउनुपर्ने बाँकी रकम भुक्तानी दिन मन्त्रालयले यस सम्बन्धी फाइल अर्थ मन्त्रालयमा पठाएको खानेपानी मन्त्री विना मगरको निज ीसचिवालयले जनाएको छ ।

अर्थ मन्त्रालयबाट सहमति लिईसकेपछि मन्त्रिपरिषद्बाट यस सम्बन्धी आवश्यक निर्णय भई स्थानीय श्रमिकहरुलाई बाँकी रकम भुक्तानी दिन बाटो खुल्नेछ ।

आफूले पाउनुपर्ने रकम दाबी गरेका भेण्डर तथा स्थानीय सप्लायर्सहरुको मागका सम्बन्धमा भने अध्ययन प्रतिवेदन पेश गर्न खानेपानी मन्त्रालयका खानेपानी महाशाखा प्रमुखको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति गठन भईसकेको छ ।

मन्त्रालयका खानेपानी महाशाखा प्रमुखको नेतृत्वमा बनेको समितिले सिएमसी कम्पनीबाट बाँकी भुक्तानी पाउन स्थानीय भेण्डर तथा सप्लायर्स कम्पनीहरुले दाबी गरेको रकमका सम्बन्धमा आवश्यक अध्ययन गर्नेछ ।

समितिले भेण्डरहरुले माग गरेको रकमका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन तयार पारेर मन्त्रालयमा पेश गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment