Comments Add Comment

प्रधानमन्त्री ओली दुई साताको उपचारपछि शुक्रबार स्वदेश फर्कि‌ँदै

१९ भदौ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई साता लामो स्वास्थ्य उपचारपछि शुक्रबार अपरान्ह स्वदेश फर्किने भएका छन् । प्लाज्मा फेरेसिस प्रक्रियाबाट शरीरको एण्टीबडीको उपचारपछि प्रधानमन्त्री ओली स्वस्थ रहेको उनको सचिवालयले बताएको छ ।

सातौं चरणको उपचार प्रक्रिया बुधबार सकिएपछि प्रधानमन्त्री एक दिन आराम गरेर शुक्रबार फर्किन लागेका हुन् । प्रधानमन्त्रीसँगै सिंगापुरमा रहेका मुख्य सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक दिव्या सिंह शाह काठमाडौं फर्किसकेका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर पुगेका नेकपा उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल पनि शुक्रबारै काठमाडौं फर्किनेछन् । स्वास्थ्यबारे जानकारी लिन गएका नेताहरुसँग पार्टीको आन्तरिक विषयमा ओलीले लामै छलफल गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment