Comments Add Comment

समाचार सेन्सर गर्ने संरचना बनाउन प्रदेश ५ का सत्तारुढ सांसदको माग

१९ भदौ, बुटवल । सत्तारुढ नेकपाका एक सांसदले हरेक समाचारको ‘सेन्सर’ गर्ने संरचना बनाउन सरकारसँग माग गरेका छन् ।

सांसद कृष्णध्वज खड्काले सामाजिक सञ्जालमा आउने समाचारले समाजलाई दिग्भ्रमित पार्ने , अल्मल्याउने र बिग्रह ल्याउनेसम्मका काम गरेको आरोप लगाए ।

प्रदेश सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खड्काले कुनै समाचार समाजिक सञ्जालमा आउने वित्तिकै ठीक हो वा बेठीक छुट्टाएर जनतालाई सुसूचित गर्न सरकारले संरचना बनाउन ढिला गर्न नहुने बताए ।

‘अहिले सबैको हातमा सूचना र सञ्चार छ,राजनीतिदेखि हरेक विषयमा सामाजिक सञ्जालमा आउने समाचारहरुले समाजलाई दिग्भ्रमति पार्ने, अल्मल्याउने र बिग्रह ल्याउनेसम्मका हर्कत बढेको देखिएको छ,’ खड्काले भने, ‘कुनै पनि समाचार आउने वित्तिकै ठीक हो या बेठीक निक्र्योल गर्ने संरचना बनाउन ढिला गर्न हुन्न ।’

सांसद खड्काले समाचार ‘सेन्सर’ गर्ने संरचना बनाउँदा स्थानीय तह र संघीय सरकारसंग प्रदेश सरकारले समन्वय गर्नुपर्ने सुझाव पनि दिए ।

कानुनी राज्यलाई भीडले निर्देशित र प्रभावित पार्ने प्रयास भएको भन्दै उनले कानूनको पालना गराउन खोज्दा सरकारमाथि अधिनायकवाद र निरंकुशता लाद्न खोजेको आरोप लाग्ने गरेको बताए ।

सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारले कडा कदम चाल्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment