Comments Add Comment

बाढी पीडित टाटा ड्राइभरलाई सिप्रदियन सहायता संस्थाको राहत

१९ भदौ, काठमाडौं । सिप्रदी कम्पनीको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्थाद्वारा हाल मात्र भैरहवाका बाढी पीडित स्थानिय मेकानिक्स टाटा ड्राइभर दिपक दुधराजलाई राहत वितरण गरेको छ ।

उनले गत महिना आएको बाढीका कारण आफ्नो घर र सम्पूर्ण सम्पत्ती गुमाएका थिए । दिपक दुधराज जस्तै मनसुनका कारणले धेरै जना घरबारबिहीन हुन पुगेका थिए ।

सिप्रदीयन सहायता संस्थाका प्रतिनिधिहरु, सिप्रदी कम्पनीजका प्रतिनिधिहरु र टाटा मोटर्सका प्रतिनिधिहरुको उपस्थितिमा ५० किलो चामल, ५ किलो दाल, ५ लिटर खाना पकाउने तेल अन्य खाद्य सामाग्री तथा लत्ताकपडाहरु राहत स्वरुप वितरण गरिएको थियो ।

राहत वितरण कार्यक्रममा टाटा मोटर्सका जनरल म्यानेजर विशाल पटेल र सिप्रदी अटोपाटर्स प्रा. लि. का जनरल म्यानेजर युवराज बुढाथोकीको उपस्थिति थियो ।

यसैगरी मनसुनी वषर्ाका कारण आएको बाढीले नेपालका विभिन्न भू-भागमा बसोबास गरिरहेका व्यक्तिहरुको जनजीवन प्रभावित भएको छ ।

सिप्रदियन सहायता संस्थाले त्यस्ता प्रभावित क्षेत्रहरुमा विभिन्न किसिमका अत्यावश्यक वस्तुुहरु राहत स्वरुप वितरण गदर्ैै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment