Comments Add Comment

ज्यान मुद्धाका फरार एक प्रतिवादी ३ वर्षपछि पक्राउ

१९ भदौ, काठमाडौं । ३ वर्षदेखि फरार  कर्तव्य ज्यान मुद्दाका आरोपीहरु मध्ये एक जनालाई प्रहरीले काठमाडौं महानगरपालिका-१२ टेकुबाट बिहीबार नियन्त्रणमा लिएको छ ।

काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाम्पाल गाउँपालिका-५ का २७ वर्षीय गान्टे भन्ने प्रकाश गोलेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

२०७३ असार २३ गते काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ माकलबारीमा सम्बर बहादुर तामाङलाई गोलेसहितको समूहले खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

फरार रहेका प्रतिबादीहरुमध्ये गोलेलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment