Comments Add Comment

अर्मेनियामाथि इटलीको सहज जित

काठमाडौं । एक गोलले पछि परेको इटलीले उत्कृष्ट पुनरागमन गरेको छ र अर्मेनियालाई हराउँदै युरो २०२० को छनोटमा विजयी यात्रा कायमै राखेको छ ।

बिहीबार राति भएको खेलमा इटलीले अर्मेनियालाई ३–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा अर्मेनियाले ११ औं मिनेटमा अलेक्जान्ड्रे कारापिसनको गोलबाट अग्रता लिएको थियो । तर इटली खेलमा फर्किन सफल भयो । खेलको २८ औं मिनेटमा आन्द्रेय बेलोटीले बराबरी गोल फर्काए ।

पहिलो हाफको इन्जुरी टाइममा अर्मेनियालाई अर्को झण्ड्का लाग्यो, जब गोलकर्ता कारापिसन नै दोस्रो पहेँलोसँगै रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

इटलीले बाँकी दुई गोल भने खेलको अन्त्यतिर गरेको थियो । ७७ औं मिनेटमा पेलेग्रिनीले गोल गरे भने ८० औं मिनेटमा बेलोटीले जित सुनिश्चित गरे ।

समूह जीमा रहेको इटली ५ खेलबाट १५ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको फिनल्याडको १२ अंक छ । बोस्निया हर्जगोभिना ७ अंकसहित तेस्रो र अर्मेनिया ६ अंकसहित चौथो स्थानमा छ । ग्रिसको ४ अंक छ भने लिक्टेनस्टाइनले अंक जोड्न सकेको छैन । अब सबै टोलीले ५–५ खेल खेल्न बाँकी छ र समूहको शीर्ष दुई टोली युरोकपका लागि छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment