Comments Add Comment

देउवाको चेतावनी : अन्तरघातीलाई कारबाही गर्दा रोक्नेलाई बाहिर ल्याउँछु

२० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई हराउनेहरुलाई कारबाही गरिछाड्ने बताएका छन् । कसैले रोक्न खोजे उनीहरुलाई आफैंले पार्टी कार्यकर्ता र जनताका अगाडि सार्वजनिक गर्ने बताए ।

नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार भक्तपुरमा गरेको कार्यक्रममा सभापति देउवाले अन्तरघात गर्नेहरुलाई कारबाही नगरे फेरि पनि कांग्रेस हार्ने बताए । पार्टी किन हार्‍यो हिजो ? पार्टीमा साँच्चै एकता छ ? एकता हुँदाहुँदै हारेको हो ? भन्ने प्रश्न गर्दै उनले एकले अर्कालाई हराउन लागेको बताए ।

अन्तरघातबाट पार्टीलाई मुक्त गर्नुपर्ने भन्दै उनले भने, ‘अन्तरघात गर्ने, पार्टीलाई हराउने माथि कारबाही गर्न खोज्दा कसले रोक्दोरहेछ, त्यसको अनुहार पनि बाहिर आउँछ । यही हो त्यो अनुहार भनेर म नै बाहिर ल्याउँछु ।’

पुलिसलाई पार्टीप्रति प्रतिवद्ध बनाउन खोज्यो

सरकारले नेकपाप्रति प्रतिवद्ध पुलिस, आर्मी र व्युरोक्रेसी बनाउन खोजेको आरोप पनि देउवाले लगाए । जनताले तिरेको करबाट तलब खाने पुलिस, आर्मी र कर्मचारीतन्त्रलाई तर्साएर धम्क्याएर नेकपाप्रति प्रतिवद्ध बनाउन खोजेको भन्दै उनले भने, ‘सरकार बदलिनु स्वभाविक कुरा हो । तर सिस्टम बदल्न खोज्नु सामान्य होइन ।’

कम्युनिस्ट अधिनायकवादविरुद्ध जस्तोसुकै लडाइँ लड्न पनि कांग्रेस तयार रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment