Comments Add Comment

ज्याकीको उत्साह : २२० फिल्म गरिसक्दा पनि टाइगरको बुवा

बलिउड अभिनेता ज्याकी श्राफ पुनः एकपटक आफ्ना पुराना सहकर्मीहरु सञ्जय दत्त र मनिषा कोइरालासँग फिल्म ‘प्रस्थानम्’ मार्फत दर्शकमाझ आउँदैछन् ।

ज्याकीले आफ्नो अभिनय करियरमा एक से एक सुपरहिट फिल्महरुमा अभिनय गरेका छन् । ज्याकी यतिबेला आफ्नो जीवनकै राम्रो चरणमा छन् र आफ्ना छोरा टाइगर श्राफको सफलताप्रति पनि निकै खुशी छन् ।

ज्याकीका अनुसार उनले जिन्दगीमा साथीहरुका लागि, प्रोडक्सन हाउसका लागि तथा पैसाका लागि पनि फिल्ममा काम गरेका छन् । त्यसैका आधारमा उनी आज पनि फिल्महरु गरिरहेका छन् । ज्याकीकाअनुसार उनी ‘मिशन कश्मीर’ मा आतंकवादी, ‘रोमियो अकबर वाल्टर’ मा इन्टेलिजेन्स चिफ, ‘देवदास’ मा अय्याश चुन्नीलाल, ‘रंगीला’ को सुपरस्टार, जस्ता सबै प्रकारका चरित्रमा सहजै ढल्किन सफल भएका छन् ।

ज्याकी भन्छन्, ‘चरित्र सानो होस् अथवा ठूलो, मेरो नाम पहिला राखिएको होस् वा पछि, त्यसले कुनै फरक पर्दैन । मलाई ती कुराको कुनै वास्ता पनि छैन ।’

ज्याकीका अनुसार उनी प्रायः हिरोको ठूल्दाइ अथवा साथीको चरित्रमा देखिन्छन् । उनी भन्छन्, ‘म कहिले पनि कसैमाथि हावी हुन चाहन्नँ । अर्काको खुट्टा काटेर आफ्नो उचाइ बढाउनुको के अर्थ हुन्छ ?’

अघिल्लो वर्ष ज्याकीले पन्जाबी, भोजपुरी, उडियादेखि लिएर तमिल, तेलुगू, मलयालम, गुजराती, कोंकणी जस्ता करिव १३ वटा भाषाका फिल्महरुमा काम गरेका थिए ।

आफ्ना छोरा टाइगरका बारेमा उनको भनाइ छ, ‘मेरो छोरा बलिउडको सबैभन्दा कान्छो एक्सन हिरो हो र आज मलाई टाइगरको बुवाको रुपमा चिन्न थालिएको छ । २ सय २० वटा फिल्महरुमा काम गरिसकेपछि पनि मलाई टाइगरको बुवाको रुपमा चिनिन्छ । मेरी छोरी कृष्णा आफ्नो जिम सञ्चालन गरिरहेकी छिन्, अहिले पनि मलाई राम्रा-राम्रा चरित्रका लागि अभिनय गर्ने प्रस्ताव आइरहेका छन् । योभन्दा राम्रो मलाई अरु के चाहियो र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment