Comments Add Comment

नेपालद्वारा श्रीलंकालाई १६० रनको चुनौती

२० भदौ, काठमाडौं । नेपालले एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा आयोजक राष्ट्रय श्रीलंकालाई १६० रनको सामान्य चुनौती दिएको छ ।

टस जितेर ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा १५९ रन बनाएपछि श्रीलंकाले सामान्य चुनौती पाएको हो ।

नेपालले ९ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । खेल रोकिनुअघि नेपालका दुई ब्याट्सम्यान सस्तैमा समेटिएका थिए । आशिफ शेख ७ रनमा आउट हुदा पवन सर्राफ चार रनमा आउट भएका थिए । वर्षाको कारण खेल ४२ ओभरमा छोट्याएपछि खेल पुनः सुरु भएको थियो ।

नेपालका लागि रित गौतमले ५४ रन बनाएर आउट भए । त्यस्तै, कप्तान रोहितले ४७ रन बनाए । रोहित र रितले नेपाली पारी उकास्ने कोशिस गरेका थिए । यी दुई खेलाडीले ९१ रनको साझेदारी गरे । तर रोहित आउट भएसँगै नेपाली पारी धरापमा पर्‍यो ।

रोहितपछि हरिबहादुर चौहान १२ रनमा रनआउट भए भने भीम शार्की पनि एक रनमा एल्बीडब्लु आउट भए । तर राशिद खान भने १५ रनमा अविजित रहे ।

श्रीलंकाका लागि दिलसान मदुशनका र नभोद दिनुश्रीले समान ३-३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment