Comments Add Comment

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा पनि कन्भेयर बेल्ट

२० भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा पनि कन्भेयर बेल्ट सञ्चालनमा आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शुक्रबार कन्भेयर बेल्टको शुभारम्भ गरे । अब आन्तरिक उडानबाट आएका यात्रुले आफ्नो ब्याग प्राप्त गर्न हानाथाप गर्नुपर्ने छैन ।

स्क्रिनमा वायुसेवा कम्पनीको नाम देखिन्छ र सोही कम्पनीका ब्याग कन्भेयर बेल्टबाट आउँछ । विमानस्थलको आधुनिकीकरण कार्यक्रमअन्तर्गत यो योजना सम्पन्न भएको हो । आन्तरिक टर्मीनलतर्फ नयाँ सुरक्षा उपकरण पनि जडान भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment