Comments Add Comment

बेइजिङ र काठमाडौंबाट एकैसाथ विदेशमन्त्रीको भ्रमण कार्यक्रम सार्वजनिक

२० भदौ, काठमाडौं । चीनियाँ विदेश मन्त्री वाङ यीको दुई दिने नेपाल भ्रमणबारे दुवै देशले शुक्रबार औपचारिक जानकारी गराएका छन् । चीनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बेइजिङमा पत्रकार सम्मेलन गरेर वाङ आइतबारदेखि नेपाल भ्रमणमा जाने जानकारी दिएका थिए ।

चीनियाँ विदेशमन्त्रालयले वाङको काठमाडौं भ्रमणको कार्यक्रम सार्वजनिक गरे लगत्तै काठमाडौंमा परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत दुई दिने भ्रमणको औपचारिक जानकारी दिएको हो । वाङ ८ सेप्टेम्बरमा नेपाल आएर १० तारिखमा फर्किनेछन् ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका वाङले भ्रमणका क्रममा राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने मन्त्रालयले जनाएको छ । आइतबार दुवै देशका विदेशमन्त्री नेतृत्वको उच्चस्तरीय द्धिपक्षीय बैठक बस्नेछ ।

चीनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको सम्भावना रहेका बेला वाङ काठमाडौं आउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment