Comments Add Comment

नेपाली नोट र राहदानीमा बुद्धको तस्वीर राख्न माग गर्दै युएई पुगे धिरज राई

युएई । गौतम बुद्ध नेपालमा जन्मिएको सन्देश विश्वभर फैल्याउने अभियानमा हिडेका गायक धिरज राई युएई आइपुगेका छन् । बिहीबार युएई आएका उनले यहाँ सांगीतिक कन्सर्टसँगै बुद्धको जन्मस्थान बारेको सन्देश प्रवाह गरिरहेका छन् ।

विश्वका विभिन्न मानिसहरु जम्मा हुने यहाँको मुख्य स्थानमा बुद्ध नेपालमा जन्मिएको प्रमाण जनाउने सामग्री प्रर्दशन गरेका हुन् । उनले भने, ‘विभिन्न देशका पुस्तकमा बुद्धको जन्न्मस्थानबारे भ्रमपूर्व सामाग्री छापिएको छ । ती देशबाट सामाग्री संकलन गरेर कहाँ कहाँ कसरी गलत रुपमा प्रयोग भएको छ, जानकारी लिएको छु । त्यसपछि बुद्धको जन्मस्थल नेपाल हो भनेर प्रमाण सहित बुझाउने गरेको छु ।’

कोरियाबाट सुरु भएकोे यो अभियान अहिले २५ देशमा पुगिसकेको उनले जनाए । आफु पुग्ने देशका विभिन्न निकायसँग भेट गरेर उनले बुद्धको बारेमा जानकारी गराउने गरेका छन् ।

साथै उनले यो अभियानमा साथ दिन विश्वका विभिन्न देशमा रहेका नेपालीलाई आह्वान गरेका छन् । उनले थपे, ‘पहिला भ्रमबारे नेपालीलाई बुझाउने र उहाँहरुले अरुलाई बुझाउन सक्नुहुँनेछ ।’

यो अभियानमा साथ दिन उनले सरकारलाई समेत आह्वान गरेको जनाएका छन् । सरकारले नेपाली नोट र राहदानीमा बुद्धको तस्बीर राख्न पर्ने माग गरेका छन् ।

सरकारले समेत आफूलाई यो अभियानको जिम्मेवारी दिएमा १० वर्षमा भ्रम चिर्ने विश्वास जनाएका छन् । उनको अभियानमा देशका ५० जना लोकप्रीय व्यक्तिले साथ दिएका छन् ।

यहीँ अभियान अन्तरगत दुईवर्षअघि सैनिक मञ्च टुँडिखेलमा ५० हजार व्यक्ति एकैपटक जम्मा भइ बुद्ध वाज बर्न इन नेपालको सन्देश फैलाइएको थियो ।

आबुधाबीको कन्सर्टमा झुमे दर्शक

शुक्रबार आबुधाबीमा भएको राईको कन्सर्टमा दर्शकले मनोरञ्जन लिएका छन् । ‘तिम्रो नयन’ बोलको गीतबाट स्टेज चढेका उनले ८ वटा गीत प्रस्तुत गरे । ‘तिमी रुँदा , सोइ ढोले सोइ ,लुकी लुकी आँखा तिमी ’ लगायतका गीतमा दर्शकले हुटिङ्ग सहित पुनः गाउन आग्रह गरेका थिए ।

पप संगीतबाट दर्शक रिझाउन सिपालु राईले दर्शकको भाव अनुसारको गीत प्रस्तुत गरे । १० वर्षपछि युएईमा दोस्रो पटक सांगीतिक प्रस्तुति दिएका हुन् ।

युएईमै रहेका गायक केफसले समेत गीत प्रस्तुत गरेका थिए ।निमा मिगुर लगायतको टीमले कार्यक्रम आयोजना गरेको हो । उक्त टीमले हरेक महिनाको पहिलो साता नेपालका विभिन्न कलाकारलाई ल्याएर सांगीतिक कन्सर्ट गर्ने गरेको छ ।

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment