Comments Add Comment

पर्साको एक सामुदायिक विद्यालयमा विद्यार्थीद्वारा तालाबन्दी

२० भदौ, वीरगञ्ज । शिक्षक अभावका कारण विद्यालयमा नियमित पठनपाठन नभएको भन्दै विद्यार्थीहरुले पर्साको एक सामुदायिक विद्यालयमा शुक्रबार तालाबन्दी गरेका छन् ।

बहुदरमाई नगरपालिका–३ नगरदाहस्थित श्री महाविर साह माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले तालाबन्दी गरिदिएका हुन् । बिहान १० बजे विद्यालय खुल्ने वित्तिकै उनीहरुले तालाबन्दी गरेका हुन् ।

विद्यालयमा मावि तर्फका अंग्रेजी, नेपाली, सामाजिक, विज्ञान, जनसंख्या विषय शिक्षक नहुँदा पठन पाठन प्रभावित बनेका तालाबन्दी गर्नु परेको विद्यार्थीहरुले बताएका छन् ।

शिक्षकको व्यवस्थापन गर्न पटक पटक प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिलाई तोकता गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको कक्षा ९ मा अध्ययनरत धर्मेन्द्र साह तुराहाले बताए ।

विषयगत शिक्षक अभाव लगायत विद्यालयमा शौचालय र खानेपानी धाराको समेत अभाव रहेको उनले बताए । कक्षा कोठामा पर्याप्त मात्रामा डेस्क बेन्च नभएकाले विद्यार्थीहरु कोचिएर बस्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

विद्यालयमा बाल विकासदेखि कक्षा १० सम्म अध्यापन गराउन १४ जना शिक्षक कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक मिनेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

कँडेलले आफू २ महिना अघि मात्रै विद्यालयमा आएको भन्दै सुधारको प्रयास गरिरहेको प्रतिक्रिया दिए ।

नगर प्रमुख नितेन्द्र साहले विद्यार्थीको समस्या समाधानका लागि आवश्यक कदम चाल्ने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment