Comments Add Comment

महिलालाई कोशीमा फालेको अभियोगमा नेकपाका नेता थुनामा

२० भदौ, सप्तरी। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रौतहटका एक नेता शुक्रबार पूर्पक्षका लागि जेल चलान भएका छन् ।

आफ्नै गाउँकी एक महिलाको ज्यान मार्ने प्रयास गरेको मुद्दामा सप्तरी जिल्ला अदालतले नेकपाका नेता शेख कलिमुल्लाहलाई थुनामा राख्न आदेश दिएको हो ।

जेल चलान भएका शेख स्थानीय तहको निर्वाचनमा गरुडा नगरपालिकाको मेयर पदमा तत्कालिन नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए । हाल उनी नेकपाको साधारण सदस्य हुन् ।

उनी आफ्ना कानून व्यवसायी मार्फत् घट्ना भएको २८ वर्षपछि अदालतमा हाजिर भएका थिए ।

रौतहटको गरुडा नगरपालिका–८ का शेखसहितकाले २८ वर्षअघि स्थानीय बकरिल खातुनलाई ज्यूँदै बोराभित्र राखी बाँधेर सप्तरीको रम्पुरा मल्हनियाँबाट कोसी नदीमा फालेको भन्दै उनीविरुद्ध मुद्धा दायर भएको थियो ।

२०५८ साल भदौ ५ गते राति १२ बजेतिर कोसी नदीमा फालिएका खातुनलाई भने दाउरा खोज्न गएका स्थानीयले ज्यूँदै उद्धार गरेका थिए ।

कानुन व्यवसायीसहित उपस्थित भएपनि अदालतले उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिए बमोजिम राजविराज कारागारमा पठाइएको सप्तरीका प्रहरी प्रमुख कृष्ण प्रसाइले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment