Comments Add Comment

प्रहरीलाई घुस दिन खोज्दा भ्रष्टाचार मुद्दा !

२० भदौ, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ५ सल्लाघारीका गंगालाल श्रेष्ठविरुद्ध प्रहरीलाई घुस दिन खोजेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रहरीलाई ४० हजार रुपैयाँ घुस दिन खोज्दा पक्राउ परेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेका हुन् ।

अख्तियारका अनुसार श्रेष्ठले घर घाडामा लिई जुवा तास खेलाएकोमा महानगरीय प्रहरी परिसर भक्तपुरले छापा मारेर जुवा तास खेल्ने र खेलाउनेलाई पक्राउ गरी मुद्दा चलाएको थियो । धरौटीमा रिहा भएका श्रेष्ठले पुन जुवातास खेल्न सहज वातावरण बनाइदिन भन्दै प्रहरीलाई ४० हजार रुपैयाँ घुस दिन खोज्दा अख्तियारको टोलीले महानगरीय प्रहरी परिसर भक्तपुरकै कार्यालयबाट पक्राउ गरेको थियो ।

राष्ट्रसेवक प्रहरी कर्मचारीलाई घुस दिएको देखिन आएकाले गंगालालविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

श्रेष्ठलाई बिगो ४० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र उपदफा १ को देहाय (ख) बमोजिम सजाय माग गरिएको अख्तियारले जनाएको छ । यो मुद्दामा ३ देखि ४ महिनासम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment