Comments Add Comment

भारतको डाक्टर दरबारमार्गमा

२० भदौ, काठमाडौं। भारतको एपोलो अस्पतालका डाक्टरको टिम काठमाडौंको दरबारमार्गमा आएर मिर्गौला प्रत्यारोपण र घुडाको जोर्नी प्रत्यारोपणको विषयमा सम्मेलन गरेका छन् ।

रेनल ट्रान्सप्लान्ट सर्जन डा. सन्दीप गुलेरियाको नेतृत्वमा रहेको डाक्टरको टोलीले नेपालका बिरामीलाई चिकित्सकीय महत्त्वका विषयमा जानकारी दिनुका साथै घुँडा र मिर्गौलाको उपचारमा आएको नयाँ प्रविधिको बारेमा जानकारी दिएका थिए।

मिर्गौला ट्रान्सप्लान्ट सर्जन डा. एन सुब्रमन्यमले भने, ‘पछिल्लो पटक आएका प्रविधिको माध्यमबाट हामी जस्तो सुकै जटिल मिर्गौला प्रत्यारोपण पनि गर्न सक्छौं । जटिल किसिमको घुँडाको समस्या पनि समाधान गर्न सकिन्छ।’

मुटु र क्यान्सरको जटिल समस्या पनि एपोलो अस्पतालले हल गर्न सक्ने डा. सुब्रमन्यमले बताए । उनका अनुसार भारतको एपोलो अस्पतालमा विभिन्न उपचारको लागि महिनामा करिब तीन सय  जना नेपाली पुग्छन् ।

डा. सन्दीपका अनुसार एपोलो अस्पतालमा आएका नयाँ प्रविधिको सहयोगले जटिल भन्दा जटिल उपचार गर्न सकिन्छ। उनले भने, ‘अब कुनै पनि रोग उपचार हुन्न भनेर घरमै बस्नु पर्दैन् । हरेक रोगको उपचार नयाँ प्रविधीले सम्भव तुल्याएको छ ।’

डा. सन्दीपका अनुसार एपोलो अस्पतालले अहिलेसम्म २१ हजार भन्दा बढी सफल मिर्गौला प्रत्यारोपण गरेको छ। अत्याधुनिक मेडिकल उपकरणको कारण ‘काडभरिक रेनल ट्रान्सप्लान्ट’ पनि सम्भव छ। एपोलो अस्पताल उच्च स्तरीय प्रत्यारोपण डाक्टर टोली भएको अस्पतालको रुपमा पनि चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment