Comments Add Comment

कनेक्ट आइपीएस प्रयोगकर्ताहरु बीचको फण्ड ट्रान्सफर अब निःशुल्क

२० भदौ, काठमाडाैं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणालीका प्रयोगकर्ताहरु बीच निःशुक्ल फण्ड ट्रान्सफरको सुविधा सुरु गरेको छ ।

सीमित अवधिका लागी सुरु गरिएको सो सुविधा अन्तर्गत कनेक्ट आइपीएस प्रणालीमा आफ्नो बैंक खाता लिंक गरी भेरिफाई गराइसकेका ग्राहकहरुले मोबाईल नम्बरको आधारमा गरिने फण्ड ट्रान्स्फर निःशुल्क गरिएको छ ।

यस सेवाले कनेक्ट आईपीएसका ग्राहकहरुलाई सिधैं आफ्नो बैंक खाताबाट रियल–टाइम फण्ड ट्रान्सफर गर्न थप सुविधा पुग्ने अपेक्षा गरिएको छ । एनसीएचएलले ५३ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरुमार्फत ग्राहकहरुका लागि बैंक खातामा आधारित रियल–टाइम भुक्तानी गर्न कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणाली संञ्चालन गरिरहेको छ ।

यस प्रणालीमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिलभुक्तानी लगायत सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी लगायतका सेवाहरु उपलब्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment