Comments Add Comment

टेलिकमले थाल्यो अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा

२० भदौ, काठमाडौं । नेपाल टेलिकमले छिमेकी मुलुक भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा दिन थालेको छ ।

अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवामा सामयिक परिमार्जन गर्ने उद्देश्यले विगतका दिनहरुमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा केही समय बन्द गरिएकोमा हाल पुनः सञ्चालनमा ल्याइएको हो ।

अब नेपाल टेलिकमका ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सुविधा प्राप्त गरी भारतमा जाँदा भ्वाइस र एसएसएमका साथै इन्टरनेट सेवा पनि उपयोग गर्न सकिने छ ।

हाल अन्तर्राष्ष्िट्रय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका सम्पूर्ण पोस्टपेड तथा पि्रपेड ग्राहकहरुलाई यो डाटा रोमिङ सेवा स्वतः उपलब्ध हुनेछ । आजबाट अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने ग्राहकहरुलाई भने सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा इन्टरनेट सेवा उपलब्ध हुनेछ ।

जीएसएम पोस्टपेड तथा पि्रपेड ग्राहकहरुले हाललाई डाटा रोमिङ सेवा छिमेकी भारतमा प्रयोग गर्न सक्नेछन् । निकट भविष्यमै यो सेवा अन्य देशहरुमा पनि विस्तार गर्दै लगिने कम्पनीले जनाएको छ ।

विगत लामो समयदेखि आˆना पोस्टपेड ग्राहकहरुलाई लक्षित गरी ८७ मुलुकका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ ।

त्यसैगरी गत २०७६ बैशाख १६ बाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु भारत र चीनमा रोमिङ सेवा उपलब्ध गराएको छ ।

हाल रोमिङमा हुँदा भ्वाइस र एसएमएस आदान-प्रदान गर्ने सुविधा मात्र रहेकोमा आज मिति २०७६ भाऽ २० देखि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment