Comments Add Comment

कीर्ते मुद्दाका फरार अभियुक्त नक्कली लाइसेन्स बनाउने धन्दामा

बाराबाट नक्कली लाइसेन्स सहित ३ जना पक्राउ

२० भदौ, वीरगञ्ज । बाराबाट प्रहरीले नक्कली लाइसेन्स सहित तीन जनालाई पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपलिका–८ बस्न ३९ बर्षका रामबहादुर स्याङ्तान, ३३ बर्षका गोपाल सिंह भुलुन र बारा सुर्वण गाउँपालिका–५ बस्ने ४५ बर्षिय गगनदेव साह रहेका छन् ।

कलैया उपमहानगरपालिका वडा नं १ स्थित सडकबाट उनीहरुलाई नक्कली सवारी चालक अनुमति पत्र स्मार्ट कार्ड ४ थान, एउटा पुरानो सवारी चालक अनुमति पत्र र ८ लाख २५ हजार रुपैयाँको राम बहादुर स्याङ्तानको नाममा काटिएको विभिन्न बैंकको चेक ४ थान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनीहरु विरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्ने म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।

डिएसपी राठौरका अनुसार गगनदेव साह तीनवटा नक्कली सवारी चालक अनुमति पत्र स्मार्ट कार्ड बनाएको घटनामा ०७५ वैशाख १० गते पनि पक्राउ परेका थिए ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नं ७ स्थित जितपुर बजारबाट नक्कली लाइसेन्स सहित पक्राउ गरी सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाइएको थियो ।

त्यसपछि उनी ०७५ जेठ ५ गते बारा जिल्ला अदालतको आदेशले ९ हजार धरौटी राखी तारेखमा छुटेको र पछि ०७५ चैत १२ गते बारा जिल्ला अदालतको फैसलाले १ वर्ष कैद र ५० रुपैयाँ जरिवाना ठहर गरेको थियो । तर उनी फरार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment