Comments Add Comment

कांग्रेस जागरण अभियान : ३ प्रदेशमा तोकियो प्रतिनिधि (नामावलीसहित)

२२ भदौ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानको दोस्रो चरणमा खटिएका केन्द्रीय प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको छ ।

प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा खटिएका प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको हो । कांग्रेसले यसअघि पहिलो चरणको राष्ट्रिय जागरण अभियान गत वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन गरेको थियो ।

कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरण भदौ २४ गतेदेखि असोज ७ गतेसम्म सञ्चालन हुनेछ । हरेक जिल्लामा दुई-दुई जनाको दरले प्रतिनिधि खटाइएको छ । पूर्वमन्त्री, पूर्व सांसद, पूर्वसभापति, प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवारलगायतलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment