Comments Add Comment

‘पोई पर्यो काले’को शिर्ष गीतमा सौगात, पूजा, आकाश र श्रृष्टीको छमछमी

नेपाली चलचित्रको गीतसंगीतको मेकिङमा निर्माताहरुले ध्यान दिन थालेका छन् । चलचित्र चलाउने एउटा ठूलो हतियार गीतसंगीत पनि भएकाले यसतर्फ ध्यान दिन थालिएको हो । कात्तिकको ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पोई पर्यो काले’को शिर्ष गीतको मेकिङमा यसको निर्माणपक्षले विशेष ध्यान दिएको छ । भिडियोको सेटलाई भव्य रुपमा सजाइएको छ ।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, नृपेश उप्रेतीको शब्द, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोलाई पनि आकर्षक बनाइएको छ । गीतको भिडियोमा मुख्य कलाकारहरु नायक सौगात मल्ल, नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, नायिका श्रृष्टी श्रेष्ठको साथमा कलाकारद्धय सोहित मानन्धर र सुरक्षा पन्तलाई देख्न सकिन्छ ।

शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपालीको लगानी छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रमा अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहेको चलचित्र कात्तिक ८ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment