Comments Add Comment

विराजको ‘साङ्लो’ सरेपछि ‘लभ डायरीज’लाई मौका

चलचित्र ‘लभ डायरीज’ ठूलो ब्यानरमा निर्माण भएका भनिएका चलचित्रको चेपुवामा परेको छ । जसकाकारण, यसको निर्माणपक्षलाई प्रदर्शन मिति तय गर्न समस्या भैरहेको थियो । असोज ३ गते सोलो रिलिजको आशा गरेको चलचित्रले अन्ततः ‘कबड्डी कबड्डी कबड्डी’का कारण यो मिति पाएन ।

अब, भने यसको टिमले नयाँ मिति तय गरेको छ । यो चलचित्र अब कात्तिक १५ गतेबाट रिलिज हुने भएको छ । यो मितिमा रिलिज हुने भनिएको नायक विराज भट्ट निर्देशित चलचित्र ‘साङ्लो’ भने अब रिलिज नहुने भएको छ ।

छठ पर्वको बिदालाई लक्षित गर्दै मिति तय गरिएको निर्माणपक्षले बताएको छ । सुशिल श्रेष्ठ र रुविना थापाको मुख्य भूमिका रहेको यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । चलचित्रको एक गीत सार्वजनिक भैसकेको छ । मधु बास्तोलाको कथा तथा पटकथा रहेको चलचित्रमा साहिल खान सह–निर्देशकको रुपमा छन् । विनोद सापकोटा निर्माता रहेको चलचित्रमा सरोज तुलाधार सह–निर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment