Comments Add Comment

न्यौपानेले ल्याए ‘सम्पदा लडाइँ’

काठमाडौं । पत्रकार दामोदर न्यौपानेको ७औं कृति ‘सम्पदा लडाइँ’ विमोचन गरिएको छ । शनिबार वसन्तपुर डबलीमा आयोजित्र कार्यक्रमका बीच वरिष्ठ कवि एवं गीतकार दुर्गालाल श्रेष्ठले विमोचन गरेका हुन् ।

श्रेष्ठले संस्कृतिप्रति पुरानो पुस्ताको पनि चासो घट्दै गएको बताउँदै युवापुस्ता सम्पदाको जर्गेनामा देखिनु प्रशंनीय भएको बताए । सम्पदालाई मास्न उद्दत वर्गलाई लागि पुस्तकले सोच्न बाध्य पार्ने उनले बताए ।

संरक्षणविद् रवीन पुरीले सम्पदाको जर्गेनामा पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वसा व्यक्त गरे । उनले पुस्तकमा लेखकले ऐन, सन्धि र ऐतिहासिक दस्तावेजबाट प्रमाणीकरण भएका सम्पदासम्बन्धी तथ्य र तथ्याङ्क हुबुहु प्रस्तुत गर्न सफल भएको बताउँदै प्रशंसा गरे ।

समालोचक ज्ञानु अधिकारीले उपत्यकाका सम्पदामाथि भएका अतिक्रमण र बचाउन गरिएको प्रयासका विषयलाई निकै गहनरुपमा प्रस्तुत गरिएको बताइन् । अधिवक्ता प्रकाशमणि शर्माले सम्पदा र संस्कृति राष्ट्रको जीवन भएकाले यसको संरक्षण र सम्बर्द्धनका विषयमा सरकार, अभियन्ता र नागरिकबीच एकमत हुनुपर्ने जनाए ।

सांग्रिला बुक्सले प्रकाशन गरेको ५११ पृष्ठको ‘सम्पदा लडाइँ’को मूल्य ७५० छ । न्यौपाने कान्तिपुर दैनिकका लागि सम्पदा सम्बन्धी विषयमा रिपोर्टिङ पनि गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment