Comments Add Comment

हाँस्य कलाकारको कथामा ‘सेल्फी किङ्ग’, विपिन र लक्ष्मीको जोडी पर्दामा देखिदै

गतबर्ष राम्रो समिक्षा पाएको चलचित्र ‘प्रसाद’का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतको संयुक्त लगानीमा चलचित्र ‘सेल्फी किङ्ग’को निर्माण हुने भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै कमेडी कथामा निर्माण हुने चलचित्रको घोषणा गरियो । यो चलचित्रलाई विशाल सापकोटाले निर्देशन गर्दैछन् ।

चलचित्रमा नायक विपिन कार्की, नायिका लक्ष्मी वर्देवाको साथमा कलाकारहरु भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश विसुरा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रमा नायिका केकी अधिकारीको आइटम नृत्य रहने वुझिएको छ ।

चलचित्रका निर्देशक विशालका अनुसार, एउटा हाँस्य कलाकारको कथालाई चलचित्रले उठान गर्नेछ । निर्देशक सापकोटाको कथा सुनेपछि आफूलाई मन परेर टिमअप गर्न लागेको निर्माता राउतको भर्नाइ छ ।

नायक विपिन कार्कीले हाँस्य कलाकारको कथा भन्ने चलचित्र रहेको र कथा सुन्दा आफू उत्साहित भएको बताए । कलाकार लक्ष्मी वर्देवाले आफूले कथा पुरै पढ्दा नै उत्साहित भएको र काम गर्न आतुर रहेको सुनाइन् ।

चलचित्रमा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, निर्मल लामाको कोरियोग्राफी रहनेछ । भदौको २४ गतेबाट यो चलचित्रको छायांकन सुरु हुँदैछ । चलचित्रमा राजेश विसुराल र प्रवल कोइराला सह–निर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment