Comments Add Comment

सलाह, मेस्सीजस्तै हुन सक्छन् तर….

२३ भदौ, काठमाडौं । आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगरले भनेका छन् कि मोहम्मद सलाह अर्जेन्टिनी लिओनल मेस्सीजस्तै हुन सक्छन् तर, गोलका लागि कम स्वार्थी हुनुपर्छ ।

फेरि प्रशिक्षणमा फर्किने संकेत गरेका वेंगरले लिभरपुल तथा इजिस्टका फवार्ड सलाहको खेल मेस्सीसँग तुलना गर्न मिल्ने छ, तर अझै केही महत्वपूर्ण अभाव छ ।

साथै कुन गोल आफैंले गर्ने र कुन टिममेटलाई गर्न दिने भन्ने सलाहले सिक्नुपर्ने उनका सल्लाह छ । ‘मैले उनलाई एक राम्रो फिनिसरको रुपमा मात्र पाए जबकी मेस्सी पूर्ण छन्, उनी अन्तिम बल पनि पास दिन्छन् । तर सलाहमा आफैं हान्ने इच्छा हुन्छ,’ बीइन स्पोट्र्ससँग कुरा गर्दै वेंगरले भनेका छन् ।

लिभरपुलले बार्नेलीलाई ३–० ले हराएको खेलको दोस्रो हाफमा सलाहले साडियो मानेलाई पास दिएका थिएनन्, जसले गर्दा उनको आलोचनासमेत भएको थियो ।
यद्यपि लिभरपुलको फ्रान्टलाइनमा सलाह स्टार हुन् भने माने र रोबर्टो फिर्मिनोको प्रदर्शन पनि उस्तै छ ।

वेंगरले ब्राजिलियन स्ट्राइकरको स्वार्थसहित खेल शैलीको प्रशंसा गरे । उनले भने, ‘जसरी लुइस स्वरेजले मेस्सी र नेयमारका लागि गर्छन्, त्यसरी नै उनले टिमका लागि खेल्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment