Comments Add Comment

पर्सामा प्रहरी जवान ५ हजार घुससहित पक्राउ

२३ भदौ, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगञ्जबाट एकजना प्रहरी जवानलाई पाँच हजार घुससहित पक्राउ गरेको छ ।

बारा घर भइ जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गम्हिरा साह तेलीलाई वीरगञ्ज महानगरपालिका-६ माइस्थानको एक मिठाइ पसलबाट पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

तेलीलाई अख्तियारको कार्यालय, हेटाैंडाको टोलीले पक्राउ गरेको हो ।

कमसल आर्युवेदिक औषधि दिएको भन्ने विषयमा टुङ्गिसकेको उजुरी मिलाइदिन्छु भन्दै उनले सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीसँग पटकपटक घुस रकम माग गरेको सूचना र उजुरीको आधारमा तेलीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment