Comments Add Comment

मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा ३ जना समातिए

Photo Credit : चोरी भएका मोटरसाइकल मालिकलाई हस्तान्तरण गरिँदै ।अनलाइनखबर

२३ भदौ, काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले बरामद गरेको चोरीका १८ वटा मोटरसाइकल सम्बन्धी धनीलाई बुझाएको छ ।

महाशाखाका नयाँ प्रमुख एसएसपी भीमप्रसाद ढकालले प्राथमिकता सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनपछि मोटरसाइकल वितरण गरिएको हो ।

महाशाखाका अनुसार वितरण गरिएका मोटरसाइकलमा पल्सर, स्प्लेन्डर, होण्डा साइनलगायत छन् । ती मोटरसाइकल मंग्लबजार, पुतलीसडक, कालिमाटी, तिनचुली लगायतका स्थानबाट हराएका थिए ।

चोरीमा संलग्न भएको आरोपमा ३ जना पक्राउ पनि परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका प्रदीप खड्गी, रोशन खड्का र चितवनका अन्जन विक छन् ।

थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment