Comments Add Comment

नागढुंगाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

२३ भदौ, काठमाडौं । प्रहरीले अवैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामका कञ्चन प्रधान छन् ।

काठमाडौं प्रवेश गर्ने नाका नागढुंगामा राखिएको चेकपोइन्टमा जाँच गर्ने क्रममा काँकरभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख १०५५ नम्बरको बसबाट प्रधान समातिएका हुन् ।

प्रहरीका अनुसार उनको साथबाट ४७.७ ग्राम ब्राउन सुगर बरामद भएको थियो

यता, महानगरीय प्रहरी प्रभाग कपनले पनि औषधिजन्य लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ-१२, मिलन चोकका सुनिल थपलिया छन् ।

उनको साथबाट प्रहरीले फेनरागन, नुफिन र डाइजेपाम गरी ११ एम्पुल बरामद भएको जनाइएको छ । दुवै घटनामा विस्तृत अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment